Thursday December 13, 2018 |

सरकार र समाजका लागि कठोर चुनौती बनेको शृंखलाबद्ध बलात्कार —डा डी आर उपाध्याय

featured-news

             केही वर्षअघिसम्म बलात्कारका एउटा घटना प्रकाशमा आउँंदा सबै आश्चर्यचकित हुन्थे तर अहिले सातामै कयौं बलात्कार हुँंदा पनि सामान्य भएको छ । अहिले डर लाग्दो रुपमा भइरहेको शृंखलाबद्ध बलात्कार सिंगो समाज र सरकारका लागि कठोर चुनौती बनेको छ । बलात्कारका निम्न घटनाले जोसुकैलाई चिन्तित बनाउँंछ ।
यही वर्षको साउन महिनामा कञ्चनपुरमा भीमदत्त नगरपालिका —२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यो घटनाको व्यापक विरोध भयो । यसको विरोध भइरहेकै बेला कञ्चनपुरमै अझै सानो उमेरकी बालिका बलात्कृत भइन् ।
यही वर्ष रौतहटको गुजरा नगरपालिका —४ की १३ वर्षीया बालिकालाई अपहरण गरी साढे दुई महिनाभन्दा बढी समय बन्धक बनाएर तीनजनाले पटकपटक बलात्कार गरे । प्रहरीका अनुसार वैशाख २४ गते राती साढे १२ बजे घरमा सुतिरहेको अवस्थामा उनीहरुले ती बालिकालाई अपहरण गरी लगेका थिए
यही भदौ १२ गते राती १० बजे कपिलवस्तुमा गर्भवती महिलाको सामूहिक बलात्कार भयो । कपिलवस्तुको विजयनगर गाउँंपालिका — ७ मा मानसिक अवस्था कमजोर रहेकी ३८ वर्षीया महिलालाई घरमा श्रीमान् नभएको मौका छोपी तीनजनाले बलात्कार गरे ।
गत वर्ष मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँंपालिका —१२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीया सालीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
सिंगो समाजको निधारमा कलंकको कालो धब्बा लगाउने गरीसमेत बलात्कार भइरहेका छन् । २०७४ जेठ महिनामा बाँंके कोहलपुर ड्राइभर टोलमा १८ वर्षीया छोरीलाई ४५ वर्षीय बाबुले बलात्कार गरे । उनले पत्नी विदेश गएको समयमा यो कुत्सित दुष्कृत्य गरेका थिए ।
यसैगरी भोजपुरको साल्पा सिलोछो गाउँंपालिका २ दोभानेका २७ वर्षीय युवकले आफ्नै आमालाई बलात्कार गरे । ती युवकलाई अदालतले जन्मकैदको सजाय तोकेको छ । उनीलाई जबर्जस्ती करणीमा ७ वर्ष र जन्म दिने आमालाई करणी गरेकोमा हाडनातातर्फ जन्मकैद फैसला भएको अदालतका सूचना अधिकारीले बताएका छन् ।
बलात्कारका उक्त घटना त निमित्तमात्रै हुन् । बलात्कारका दर्जनौं घटना मिलेमतो, धाकधम्की, तथाकथित ठूलाबडा र पहुँंचवालाको दबाबका कारण लुकाइन्छन् । बलात्कारलाई यस्तै गतिविधिले प्रौत्साहन दिने गरेका छन् । यस्ता प्रयास गर्ने जोसुकै होस् त्यसलाई बलात्कारीकै मतियार मानेर सजाय दिलाउने कानुन बनाउनुपर्छ । बलात्कारलाई हत्याभन्दा पनि जघन्य अपराधको श्रेणीमा राख्नुपर्छ । छिमेकी राष्ट्र भारतमा बलात्कारीलाई हत्याराभन्दा पनि कठोर सजाय दिइएको छ । हामीले बलात्कारीलाई फाँंसीमा झुन्ड्याउने सजायको व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । आतंकवादीलाई फाँसीमा झुन्ड्याउने गरेजस्तै बलात्कारीलाई पनि फाँंसीमा झुन्ड्याउने सजायको व्यवस्था गर्न आवश्यक छ । बलात्कार हरेक दृष्टिकोणले आतंकवादभन्दा गम्भीर अपराध हो । बलात्कारीलाई फाँसीको सजाय दिने व्यवस्था गरिएमात्र यस्तो राक्षसी दुष्कर्मलाई हतोत्साहित गर्न सकिन्छ । बलात्कृत बालबालिका वा महिलाले आफ्नो शेष जीवन कसरी बिताउँंछन् त्यसको कल्पना पनि अत्यन्त भयावह छ । बलात्कारका घटना न्यून गर्न नारीको पक्षमा काम गर्ने संघसंस्थाले मात्र नभएर अरुले पनि जनचेतनामूलक प्रभावकारी योजनाहरु गाउँंगाउँंमा कार्यान्वयन गर्नु अनिवार्य छ । सरकारले पनि यस सम्बन्धमा सम्बन्धित निकायलाई गाउँंगाउँंमा सक्रिय बनाउनुपर्छ । राजनीतिक दलहरुले यो जिम्मेवारी निर्वाह गरेमा सर्वसाधारणमा उनीहरुको छवि राम्रो हुनेछ । बलात्कारी आफ्नै घरपरिवारको भए पनि त्यसलाई कठोर सजायबाट जोगाउन कुनै पनि मानवले पहल गर्नु हुँंदैन उसलाई दानवको श्रेणीमा राख्नुपर्छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon