Friday October 18, 2019 |

कविता कृष्णमूर्ति साङ्गीतिक सन्ध्या

काठमाडौँ, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रख्यात गायिका कविता कृष्णमूर्ति र डा एल सुब्रमन्यमको टोलीले आज साँझ राजधानीमा विविध साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ ।

भारतीय महिला सङ्घले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, सांसद, प्रधानसेनापति, कूटनीतिक नियोगका प्रमुृख, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, पूर्वमन्त्री, पूर्वसांसद, प्रसिद्ध कलाकार मनिषा कोइराला, उद्योगपति, कलाकार एवं वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिहरुको कार्यक्रममा उपस्थिति थियो ।

गायिका कृष्णमूर्तिको टोलीले २५ वर्षअगाडि गाएको ‘चिठ्ठी आएन, चिठ्ठी आएन मेरो मायालुको...चिठ्ठी आएन’ गाउँदा दर्शकदिर्घाबाट प्रशंसकहरुले साथ दिएका थिए । उक्त गीतका सङ्गीत निर्देशक शम्भूजित बाँस्कोटाले उहाँलाई साथ दिनुभएको थियो ।

त्यसअघि सङ्घी अध्यक्ष नम्रता पुरीले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा चुनौतीपूर्ण अवस्थामा पनि मुहारमा खुशी ल्याउनु र मानवीय सद्भाव–सहयोग बढाउनु सङ्घको उद्देश्य भएको बताउँदै टिकट विक्रीबाट सङ्कलित रकम परोपकारी कार्यमा खर्च गरिने जानकारी दिनुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon