Sunday October 21, 2018 |

जल पर्यटनको प्रवद्र्धनका लागि हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ

featured-news

मंसिर १३, कास्की । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि पोखरास्थित उपल्लो सेती नदीमा अन्तर्राष्ट्रियस्तरको हिमालयन ह्वाइटवाटर च्यालेन्ज कायकिङ प्रतियोगिता सुरु भएको छ । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा सुरु यो प्रतियोगिता पोखरामा भने पहिलोपटक आयोजना गरिएको नाराका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिए । नाराद्वारा यसअघि १४ वटा संस्करण भोटेकोसी र त्रिशूली नदीमा आयोजना गरिएपनि १५औँ संस्करण भने पोखरामा आयोजना गरिएको बताए । उपल्लो सेती नदीको मर्दीघाटमा प्रतियोगिता गरिएको नाराका महासचिव शेखरबहादुर थापाले जानकारी दिए । नेपालमा जल पर्यटनको विकासका लागि यस किसिमका प्रतियोगिता उपयोगी बन्ने बताउँदै उनले प्रतियोगिताले जल पर्यटनका लागि विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने विश्वास लिइएको बताए । ¥याफ्टिङ एवम् कायकिङका लागि विश्वका प्रमुख १० नदीमध्ये नेपालका तीनवटा नदी सुनकोसी पहिलो स्थानमा, कर्णाली पाँचौँ स्थानमा र भोटेकोसी सातौँ स्थानमा पर्ने अध्यक्ष दाहालले जानकारी दिए । प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon