Sunday November 18, 2018 |

आघात र पीडाको साम्राज्य खडा गर्दै तथाकथित आधुनिक सभ्यता— डा डी आर उपाध्याय

featured-news

                विज्ञानले दिन प्रतिदिन नयाँंनयाँं चमत्कारिक आविष्कार गरिरहेको छ । यसका साथै मानवतालाई आधुनिकताका चम्किला ताजबाट सुशोभित गरिन्छ । तर मानवीय भावनामा भने हरपल ह्रास हुँंदै जानु प्राणीका निम्ति चिन्ताको विषय बनेको छ । पारिवारिक विखण्डनको क्रम तीव्र भएको छ । तीनचार दशक पहिलेको पारिवारिक मायाममता, प्रेमस्नेहमा रहने गरेको आत्मीयता खोक्रो बन्दै गएको छ । केही अपवादलाई छाडिदिने हो भने अहिले संयुक्त परिवारको उदाहरण विरलै भेटिन्छ । यदि छन् भने पनि कलह र अशान्तिको छायाँंमा । आर्थिक रुपमा आत्मनिर्भर हुनासाथ कोही कसैको आदेश, उपदेश वा निर्देशनमा अगाडि बढ्न चाहँंदैन । आफूभन्दा पाको र भुक्तभोगीले उसकै हितका निम्ति देखाएको बाटोमा हिंड्नु उसलाई स्वीकार हुँंदैन । उमेर वा अनुभवमा आफू कलिलो भए पनि उसले आर्फैंलाई आफ्ना अभिभावकभन्दा बढी जान्नेसबुझ्ने ठान्दछ । केही अन्तरालमै उसलाई यो पटकपटकको अर्ती सह्य हुँंदैन, फलस्वरुप एकजुट भएको परिवार टुट्छ । यसका साथै मायाममता र स्नेहमा फाटो आउँंछ अनेकौं यस्ता घटना पनि छन् जसमा शत्रुसँंग मिलेर आफन्तलाई हदैसम्मको हानिमा पार्ने गरिएको छ ।
वृद्ध बाबुआमा छोराबुहारीबाट अपहेलित भएर आफन्तसमक्ष बिलौना गर्न पुग्छन् । चाडबाडमा तिनको आँंखाका आँंसु सुक्न पाउँंदैनन् । कयौं परिवार अटाउन सक्ने बंगलामा अृद्ध बाबुआमा अटाउन नसकेर उनीहरुलाई विभिन्न बहानामा वृद्धाश्रममा राख्नेहरुको पनि कमी छैन । यी तिनै बाबुआमा हुन् जसले आफ्ना आफ्ना छोराछोरीको लालनपालन गर्न वर्षौं आफ्नो निद र भोकको पर्वाह गरेनन् । छोराछोरीको नाकबाट अलिकति सिंगान निस्क्यो वा जिउ तातो भयो भने यिनी चिन्तामा डुब्थे । आफ्नो बुढेसकालका निम्ति जोगाइराखेको चलअचल सम्पति पनि यिनीहरुले आफ्ना छोराछोरीलाई बढीभन्दा बढी सक्षम बनाउन, उनको अनुहारमा उज्यालो ल्याउनमा होमिदिए । तिनै छोराछोरीले आफूलाई बेसहारा बनाउँंदा आज कयौं वृद्धवृद्धा आँंसु पिएर बाँंच्नुपरेको समेत हाम्रै समाजमा देखिन्छ । अमेरिका, बेलायत, अष्ट्रेलिया जापान, क्यानडाजस्ता समृद्ध राष्ट्रमा गएर त्यहाँं ऐशोआराममा लीन भई बाबुआमाको अन्त्येष्टिमा समेत सन्तान नआएका केही घटना पनि छन् ।
यस्ता घटनालाई पाश्चात्य सभ्यता वा आधुनिक विचारको प्रभाव आदि भनेर ओझेलमा पारिन्छ । तर यो कुनै सभ्यता नभएर पाषाण पाशविकता हो । यस सम्बन्धमा व्यापक र गम्भीर बहस निरन्तर चलाइरहनु पर्छ ।
वृद्धवृद्धालाई भत्ताको व्यवस्था गरिनु अवश्य नै प्रशंसनीय कदम हो । अहिलेको भत्तामा वृद्धि गर्ने प्रधानमन्त्री के पी शर्मा ओलीको आश्वासन झनै स्वागत योग्य छ । तर केवल भत्ताकै भरमा वृद्धवृद्धालाई छाड्नु उचित छैन । कतिपय वृद्धवृद्धा त भत्ता लिएर पनि त्यसको उपभोग गर्न नसक्ने शारीरिक दुरावस्थामा पुगिसकेका हुन्छन् । उनका सन्तानले उनको हेरविचार नगरिदिने हो भने उनी आफ्नो स्वास्थ्योपचार गराउन नसक्ने अवस्थामा हुन्छन् । यसैले जीवनयात्राको अन्तिममा यस्ता वृद्धवृद्धाले समुचित सहारा पाउने वातावरण बनाउनु सरकारको मात्र होइन सिंगो समाजको दायित्व हो । वृद्धाश्रमको संख्या पनि नगन्य छ । भएका वृद्धाश्रममा स्थान पाउनु पनि कठिन छ । अहिलेको जिम्मेवार पुस्ताले यसमा गम्भीर ध्यान दियो भनेमात्र उसले आफ्नो पनि बुढेसकालका निम्ति बलियो आधार खडा गर्न सक्छ । संयुक्त परिवारको परम्परा यस्तै विषम परिस्थितिबाट आफ्ना अभिभावकलाई बचाउनका निम्ति नै सुरु गरिएको थियो । त्यसमा केही जटिलता र कमजोरी भए त्यसलाई परिमार्जन गरेर अपनाउनेतर्फ समाजले आफ्नो आधुनिक सोचलाई प्रयोग गर्नु उपयुक्त हुनेछ । विशुद्ध मानवीय र सामाजिक यस प्रयासमा कुटिल राजनीतिको छायाँंसमेत नपरोस् भन्नेतर्फ सबै सचेत रहनु उत्तिकै आवश्यक छ । सुख र आनन्दको जुन दिव्य तत्व वास्तविक सेवा, मायाममता, प्रेमस्नेहमा छ त्यो तथाकथित आधुनिक सभ्यताको प्रदर्शनमा हुनै सक्दैन । यस्तो आडम्बरी सभ्यताले सर्वत्र आघात र पीडाको साम्राज्यमात्र खडा गर्नेछ ।
—२०७५ कात्तिक ४ गते

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon