Thursday June 20, 2019 |

लम्कीमा ५१ शैयाको अस्पतालको शिलान्यास

featured-news

लम्की, २४ जेठ । कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ शैया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गर्नुभएको हो ।

उहाँले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताउनुभयो । लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुनथालेको हो । नगरपालिकाले गाडी किन्न छुट्याएको रु ७५ लाख रकम छुट्याएको थियो । नगरकार्यपालिकाको बैठकले थप रु १५ लाख रकम थपेपछि अस्पताल निर्माणमा रु ९० लाख खर्च गरिने भएको छ ।

प्रमुख बजगाईंले निर्णय गरेपछि रु ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट रु एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट रु एक करोड १३ लाख विनियोजन गर्नुभएको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ । उक्त अस्पतालको बिहीबार शिलान्यास गरिएको थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon