Sunday November 18, 2018 |

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

featured-news

पोखरा, १९ कात्तिक । एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ ।

प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।

सङ्घका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने छन् ।

होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिता अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने भएकाले यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon