Saturday May 26, 2018 |

पत्रपत्रिकाबाट— दूतावासद्वारा मानवतस्करको नाम सार्वजनिक कारबाहीका लागि सहयोग गर्न अनुरोध

featured-news

 युएई । युएईस्थित नेपाली दूतावासले भिजिट भिसा वा कामदार भिसामा नेपाली कामदार ल्याएर अलपत्र पारी ठगी गर्ने ५१ जना मानवतस्करको नाम सार्वजानिक गरेको छ । दूतावासले उनीहरूलाई कारबाहीका लागि सरकारसँग सहयोग मागेको छ ।

दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै ठग, दलाल र मानवतस्करहरूबाट सचेत रहन सबैलाई अपिलसमेत गरेको छ । पीडितहरूले दिएको उजुरीका आधारमा तस्करहरूको नामावली तयार पारिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले सार्वजनिक गरेको ठगहरूको सूचीमा राजीव मल्ल, केशव सिवाकोटी, रेणु सिवाकोटी साह तेली, ईश्वर श्रेष्ठ, सुनिता थापा, टंक सुवेदी, राकेश खडायत, कुवेर रानाभाट, विवेक श्रेष्ठ, सुवास श्रेष्ठ, हरिशरण दासको नाम छ ।

यस्तै, पुष्कर कार्की, देवेन्द्र गौतम, भक्तिराम कोइराला, राजकुमार लामा, भीमबहादुर सुनार, रामकृष्ण थापामगर, रमेश कुँवर, प्रवीणनरसिंह राना, पीताम्बर पराजुली, प्रजिल पराजुली, साजन पाण्डे, प्रताप लिम्बू, इसराफुल साह, लक्ष्मण परियार, रोजन मगर, नरबहादुर घले, सोनाम लामा, नवीन भट्टराई, राजकुमार लिम्बू, श्याम लामा, ङिमा शेर्पा, कृष्णबहादुर गुरुङ, हर्के तामाङ, विष्णु तामाङ, प्रेम खड्का र रमा तामाङलाई दूतावासले मानवतस्करका रूपमा उल्लेख गरेको छ ।

इशान खत्री, सुष्मा श्रेष्ठ, विना खरेल, हेमकुमारी विक, कमला तामाङ, रतन लिम्बू, कल्पना राई, कर्पु तामाङ, मास्टर थिङ, भीम थिङ, भीम तामाङ, नीमा शेर्पा, बाबुराम लामा, लक्ष्मी शेर्पा, जिमी गुरुङ, साइला तामाङ, विष्णु परियार, रोजन मगर, रानी राई र कला राईको पनि नाम रहेको छ ।

 

विज्ञप्तिमा दूतावासको महिला आवासगृहमार्फत ३३ जना पीडित महिला तथा ३८ जना पुरुष गरी ७१ जानको उद्धार गरी नेपाल फर्काइएको उल्लेख छ ।

दूतावासले मोटो रकम बुझाएर विभिन्न प्रलोभनमा युएई ल्याउने र भिजिट भिसा सकिनुअगावै दलाल फरार हुने, काम नखोजिदिने तथा क्लिनिङ वा भिजिट भिसामा महिला ल्याएर घरेलु कामदारका रूपमा काममा लगाउने गर्दा नेपाली कामदार समस्यामा पर्ने गरेको जनाएको छ । लक्ष्मण खनाल, — नयाँं पत्रिका दैनिक, २१ भदौ  

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon