Wednesday July 17, 2019 |

बहुचर्चित अभिनेता विनोद खन्नाको निधन

featured-news

बैशाख १४, काठमाडौं । भारतीय फिल्म जगतका बहुचर्चित अभिनेता एवं राजनीतिज्ञ विनोद खन्नाको बिहीबार ७० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित खन्नाको मुम्बईको सर एचएन रिलायन्स फाउन्डेसन हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा निधन भएको हो । उनी पछिल्लो समय अप्रिल पहिलो साता उपचारका लागि भर्ना भएका थिए ।

अभिनेता खन्ना सत्तारुढ दल भारतीय जनता पार्टीका तर्फबाट लोकसभा सदस्य पनि थिए । खन्नाका मेरे अपने, इन्साफ, अमर, अकबर एन्ड एनथोनी, मुकद्दरका सिकन्दरलगायतका फिल्म चर्चित छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon