Wednesday August 22, 2018 |

सेयर कारोबारमा अस्वभाविक उतारचढाव

featured-news

–भूपेन्द्र भट्टराइ

 

मंसिर १३, काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रूपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो । नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२ दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो । आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक सोमबार पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो । एक हजार ४६८ बिन्दुमा रहेको परिसूचक घटेर एक हजार ४१६ बिन्दुमा पुगेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon