सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।
दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्।
एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले किमसँग 'एकदम राम्रो सम्बन्ध' हुने अपेक्षा गरे।
उनले भने, "मलाई एकदम राम्रो लागिरहेको छ। हामी राम्रो कुराकानी गर्न गइरहेका छौँ र त्यो एकदम सफल हुनेछ।" बीबीसी
फेसबुकबाट तपाईको प्रतिक्रिया