Friday July 19, 2019 |

राष्ट्रपतिद्वारा आठौँ राष्ट्रिय खेलकूदको उद्घाटन

featured-news

नेपालगञ्ज, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ नेपालगञ्ज रङ्गशालामा प्रतियोगिता शुरु भएको घोषणा गर्दै उद्घाटन गर्नुभएको हो । प्रतियोगिता उद्घाटनअघि सहभागी ११ टोलीले मार्चपास गरेका थिए । सो अवसरमा विभिन्न जातजातिको वेशभूषासहितको सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको थियो ।

राष्ट्रिय खेलकूद प्रतियोगिताका सदस्य सचिव केशवकुमार विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपालको राष्ट्रिय झण्डासहित मार्चपास गरेका थिए । युवा तथा खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माले झण्डोत्तोलन गर्नुभएको थियो । सो अवसरमा खेलाडीका तर्फबाट जुडोका सोनु भट्ट तथा निर्णायकका तर्फबाट भारोत्तोलनका पूर्वखेलाडी समसुद्दीन सिद्धिकीले शपथ लिनुभएको थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon