Saturday May 25, 2019 |

आदिवासी जनजाति महोत्सव शुरु

featured-news

विदुर, १६ फागुन । नुवाकोटमा आदिवासी जनजाति महोत्सव आजदेखि शुरु भएको छ । विदुर नगरपालिका वडा नं ४ बट्टारमा नेपाल आदिवासी जनजाति महासङ्घ नुवाकोटको आयोजनामा सञ्चालित महोत्सवको उद्घाटन महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले गर्दै नेपालमा अब आदिवासी जनजाति जुटेर पहरेदारी र खबरदारी गरी देशलाई समुन्नत बनाउनुपर्ने बताउनुभयो ।

महोत्सव उद्घाटनका अवसरमा विभिन्न वेशभूषा झल्काउने नाच र झांँकी प्रदर्शन तथा प्रहसन गरियो । त्यस्तै तामाङको प्रसिद्ध घोडचढी नाचसमेत देखाइएको छ । दश दिनसम्म चल्ने महोत्सवको सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउनका लागि आर्थिक स्रोतसमेत जुटाउने मूल उद्देश्य रहेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon