Wednesday December 19, 2018 |

अक्सिजनबिनै मनास्लु हिमाल आरोहण

featured-news

कार्तिक १२, काठमाडौँ । यो सिजनमा एक जना क्यानेडिएन नागरिकले अक्सिजन विनानै मनास्लु हिमाल आरोहण गरेका छन । मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाई ८,१५६ मिटर छ ।
श्वासप्रश्वासको रोगी समेत रहेका क्यानेडिएन नागरिक क्रिस्टोफर जेम्सले अक्सिजन र शेर्पा बिनै मनास्लु हिमाल आरोहण गरेको पर्यटन व्यवसायी राजेन्द्र केसीले जानकारी दिनुभयो ।
समिट आठ हजार नाम दिएर हिमाल अरोहणमा रहेका क्रिष्टोफर पर्याप्त पूर्व तयारी गरेकाले आफूले अक्सिजन बिनै हिमाल आरोहण गर्न सकेको बताउँछन ।
८ हजार मिटर माथिको सबै हिमाल चढ्ने योजनामा रहेको बताउने क्रिस्टोफर विना अक्सिजन सगरमाथाको पनि आरोहण गर्ने दाबी गर्छन ।
भूकम्पपछि पहिलो पटक नेपाल आएका उनले हिमाल आरोहणका क्रममा धेरै हिमपहिरो भेटेको तर जोखिम नरहेको बताए ।
अधारशिविरबाट २२ दिनमा हिमाल आरोहण गरेको बताउने उनी आफू १३ वर्षको उमेर छँदादेखि नै नेपालका हिमाल आरोहण गर्ने सोचाइ बनाएको बताउँछन । गोरखामो उत्तरी सामागाउँ रहेको यो हिमाल चढन बर्षेनी सयौँ व्यक्ति मनास्लु पुग्छन ।
भूकम्पका कारण केही प्रभाव परेपनि गोरखाको माथिल्लो उत्तरी क्षेत्रमा पर्ने मनोरम मनास्लु क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ ।
हिमाल आरोहणका लागि मात्र नभई विशिष्ट किसिमको सामाजिक सांस्कृतिक परिवेश र भू–दृश्य, दुर्लभ वन्यजन्तुको अवलोकनका लागि समेत यस क्षेत्रमा पर्यटक आउने गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon