Monday December 17, 2018 |

रोल्पामा सरकारविरुद्ध प्रदर्शन

featured-news

मंसिर १३, रोल्पा । संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन । सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेनन भने बजार, होटल,विद्यालय र उद्योगधन्दा पनि ठप्प भए ।

रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपानेले बताए । आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले जनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon