Wednesday July 17, 2019 |

सात दिनभित्र नाम उपलब्ध गराउन पत्राचार

featured-news

काठमाडौँ, २४ चैत । नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत गर्नेको नाम सात दिनभित्र समितिलाई उपलब्ध गराउन सबै जिल्ला कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज भएको बैठकले त्यस्तो निर्णय गरेको हो । गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय आजको बैठकले गरेको समितिका सचिव प्रेम केसीले राससलाई बताउनुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon