Tuesday August 21, 2018 |

ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान

featured-news

इलाम, ११ वैशाख । इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।

एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागेको हो । ऋतिकको उपचारका लागि सहयोग जुटाउन ‘ऋतिक बचाउ समिति’ गठन गरिएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र भरतपुर क्यान्सर अस्पतालले ऋतिकको उपचारका लागि रु ३० लाख लाग्ने बताएपछि समिति गठन गरी आर्थिक सहयोग संकलन समिति गठन गरिएको समितिका सचिव नारायण घिमिरेले बताए ।

सचिव घिमिरेका अनुसार समितिले आर्थिक सहयोग संकलनका लागि प्रभु बैंक, इलाममा खाता खोली बुधबारदेखि आर्थिक सहयोग संकलन शुरु गरेको छ ।

उनको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिले प्रभु बैंक इलामको खाता नम्बर १३२०१००१०१२६६००००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon