Monday December 17, 2018 |

सबै दलको सहयोग आवश्यक : सभामुख

featured-news

–राजन रौनियार
१३ मंसिर, पर्सा । सभामुख ओनसरी घर्तीमगरले वर्तमान राजनीतिक संक्रमण निकासका लागि सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताएकी छिन ।


पर्साको वीरगन्ज आदर्शनगर रंगशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को समापन समारोहमा उनले अहिलेको जटिलताको निकास दलीय सहमतिबाट निस्कने विश्वास व्यक्त गरिन । सभामुख घर्तीमगरले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको स्मरण गर्दै विगतको अनुभवलाई उपयोग गरी वर्तमान जटिलताको समाधान खोजिने बताइन । उनले पतञ्जलीले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको बताइन ।

उनले पतञ्जली योगपीठका संस्थापक योगगुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिकसँगै आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाएको बताइन । योगगुरु रामदेवले विश्वस्तरमै योगको अभ्यासलाई मुखरित गरी पूर्वी संस्कृतिको जगेर्नासँगै व्यक्तिलाई निरोगिता प्रदान गरेको भन्दै सभामुख घर्तीमगरले स्वामी रामदेवको कार्यको प्रशंसा गरिन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon