Wednesday August 22, 2018 |

फोर जी टेन्डरमा मन्त्रीलाई बदनाम गराएर अर्बौं अनियमितता गर्ने राजभण्डारी र ठाकुरको दाउ रहेको टेलिकम कर्मचारीबाट खुलासा

featured-news

काठमाडौँ, २१ माघ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरले फोर जीको एलटीइ–३ ओपन टेन्डर स्वीकृत गर्ने प्रकरणमा सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतलाई बदनाम गराएर अर्बौं रुपैयाँं अनियमितता गर्ने दाउ गरिरहेको टेलिकम उच्च स्रोतले खुलासा गरेको छ । यसै निहुँंमा राजभण्डारी र ठाकुरले सप्लायरहरुसँंग पटकपटक ठूलो रकम संकलन गरेको स्रोतको दाबी छ । 
यसका लागि अहिले दिनहुँं करिब एक लाख रुपैयाँं खर्च गराएर यही माघ ३० गतेभित्र मूल्यांकन प्रस्तुत गर्न समितिका पदाधिकारीहरुमाथि राजभण्डारी र ठाकुरले चर्को दबाब र धम्की दिइरहेको समितिकै एक पदाधिकारीले नाम नखुलाउने शर्तमा बताए । समितिका पदाधिकारीको खाजा, नास्ता र भत्ताका नाममा दिनहुँं करिब एक लाख खर्च भइरहेको ती पदाधिकारीको भनाइ छ । उनले बताएअनुसार आगामी फागुन पहिलो सातामै नयाँं सरकार गठन हुने निश्चित भएको र त्यसपछि आफूहरु पनि पदमा नरहने भएकोले त्यसपूर्व नै फोर जी टेन्डरमा अर्बौं अनियमितता गर्ने चाँंजोपाँंजो राजभण्डारी र ठाकुरले मिलाइरहेका छन् । समितिका पदाधिकारी रहेका निर्देशकहरुमा राजभण्डारी र ठाकुरको दबाबमा परेर फोर जी टेन्डरको मूल्यांकन प्रस्तुत गरेमा भावी सरकार तथा टेलिकमको नयाँं व्यवस्थापनले समितिका पदाधिकारीलाई जेल पठाउने निश्चित छ । स्रोतका अनुसार, हुवावेबाट तीन अर्ब पच्चीस करोड रुपैयाँंमा देशव्यापी फोर जी सेवा उपलब्ध गराउने प्रस्ताव आइसकेको अवस्थामा यसका लागि पच्चीस वा एकतीस अर्ब खर्चको मूल्यांकन विवरण प्रस्तुत गरिए समितिका पदाधिकारी त भ्रष्टाचारमा फस्छन् नै उता टेलिकम पूरै टाट पल्टनेछ । किनभने फोर जी सेवा सुचारु ह्ुन कम्तीमा दुई वर्ष लाग्छ र तबसम्म फाइभ जी सेवा सुरु भइसक्नेछ । त्यसपछि फोर जीमा गरिएको लगानी उठ्नै नसक्ने टेलिकमकै विज्ञहरुको भनाइ छ । तर यो वास्तविकता बुझेर पनि राजभण्डारी र ठाकुरले मूल्यांकन समितिका पदाधिकारीमाथि फोर जीका नाममा पच्चीसदेखि एकतीस अर्ब खर्चको वातावरण बनाउन चर्को दबाब दिइरहेको स्रोतको भनाइ छ । समितिका पदाधिकारीहरुलाई बिहान सातबजे बैठक गराएर कार्यालयमै खानाखाजाको व्यवस्था गरेर भए पनि माघ ३० भित्र मूल्यांकन प्रस्तुत गर्न राजभण्डारी र ठाकुरले धम्काइरहेको समितिकै एक पदाधिकारीको भनाइ छ । 
राजभण्डारी र ठाकुरले यसो गर्न आफूहरुमाथि सचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत र मन्त्रालयका सचिवले दबाब दिइरहेको भन्ने गरेको समितिका पदाधिकारीले खुलासा गरे । राजभण्डारी र ठाकुरको मनसाय थाहा पाएर टेलिकमको सप्लायर चिनियाँं कम्पनी हुवावे अहिले राजभण्डारी र २०१८ मार्च ५ तारिखमा जागिरबाट हट्न लागेका ठाकुरबाट टाढा हुँंदै गएको टेलिकमका इमानदार कर्मचारीको भनाइ छ । 
राजभण्डारीको फोर जी घोटाला प्रयासलाई बुझेर नै सबै डीएमडीले राजभण्डारीको साथ छाडिसकेको स्रोतले खुलासा गरेको छ । स्रोतका अनुसार टेलिकममा यस्तो आन्तरिक अविश्वास र अस्तव्यस्तता टेलिकमको इतिहासमा कहिल्यै थिएन । यसकै परिणाम स्वरुप टेलिकमका सेवाको स्तर खस्किंदै गएर एनसेलले टेलिकमका सेवाग्राहीलाई निरन्तर तानिरहेको छ । 
निकट भविष्यमा गठन हुने सरकार तथा विशेषगरी प्रधानमन्त्री बन्ने निश्चित केपी शर्मा ओलीले टेलिकमको फोर जी घोटालालाई आरम्भदेखि छानबिन अनुसन्धान गराएर राजभण्डारी तथा ठाकुरलाई उचित सजाय दिलाएरै छाड्ने विश्वास टेलिकमका इमानदार कर्मचारीले व्यक्त गरेका छन् । 
उपरोक्त समाचारका सम्बन्धमा राजभण्डारी र ठाकुरसँंग पनि जानकारी लिन पूरा समाचार डट कमले सम्पर्क राख्न गरेको प्रयास सफल हुन सकेन । पूरा समाचार डट कमको नेपाल टेलिकम वा त्यहाँका कुनै पनि पदाधिकारीसँग कुनै आग्रह–पूर्वाग्रह छैन । तर त्यहाँं भइरहेका र हुने आर्थिक अनियमितताबारे खुलासा गर्न यस अनलाइनले नजिकबाट अध्ययन अनुसन्धान र विश्वस्त स्रोतबाट खोजी पत्रकारिता जारी राखेको छ । नेपाल टेलिकम देशको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्छ तर राजभण्डारी र ठाकुरका अनियमिताका कारण यो धराशायी बन्दै गएको बारे हाम्रो विश्वस्त स्रोतले निरन्तर खुलासा गर्दै आएको छ । नेपाल टेलिकमलाई ध्वस्त बनाउने गतिविधि टुलुटुलु हेर्न नमिल्ने कुरा आत्मसात गरेर पूरा समाचार डट कमले विश्वस्त स्रोतबाट प्राप्त समाचार सम्प्रेषण गरिरहेको मात्र हो । टेलिकममा सर्वसाधारणका रगत–पसिना बगाएर कमाइ गरेको अर्बौं रकममा ब्रम्हलुट गर्नेको भण्डाफोर गर्न हामी हर समय तत्पर छौं, यसमा कुनै पनि चुनौती आए हामी पछाडि हट्ने छैनौं ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon