Sunday September 15, 2019 |

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेट

featured-news

काठमाडौँ, २० भदौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्कनु भएपछि उहाँको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार जानुभएको हो । सो अवसरमा उहाँहरुबीच समसामायिक राजनीतिक विषय छलफल भएको दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गर्नुभएको थियो । प्रधानमन्त्री ओली गत भदौं ५ गते सिङ्गापुरबाट उपचार गराएर आज स्वदेश फर्कनुभएको हो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon