Saturday August 24, 2019 |

राष्ट्रिय रक्तचाप मापन अभियान शुरु

featured-news

हेटौँडा, २१ वैशाख । राष्ट्रिय रक्तचाप मापन अभियान २०१९ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर शुरु भएको छ ।

शुक्रबारदेखि शुरु भएको अभियान एक महीना सञ्चालन हुने जनाइएको छ । राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौँडाबाट यो अभियानको शुरुआत भएको हो । अभियानमार्फत् जिल्लामा एक हजार ५०० को रक्तचाप मापन गर्ने तयारी गरिएको अभियानका मकवानपुर संयोजक डाक्टर प्रवीण चौधरीले बताउनुभयो ।

अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको रक्तचाप मापन गरिएको र नगरबाट पनि अभियान शुभारम्भ गरिएको छ ।  रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon