Monday April 22, 2019 |

फिकुरीमा रेबिजको सङ्क्रमण

featured-news

बेत्रावती, २३ चैत । नुवोकाटको किस्पाङ गाउँपालिका–२ स्थित फिकुरीका पशु चौपायमा रेबिज रोगको सङ्क्रमण फैलिएको छ ।

कर्कलेस्थित दुई बस्तीका करीब ४० घरपरिवारका किसानले पालेका पशुचौपायमा रेबिज रोगको सङ्क्रमण देखिएको उक्त वडाका वडाध्यक्ष देवनाथ भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई साताअघि ककुरको टोकाइबाट भैँसीमा देखा परेको सो रोगबाट अहिले गाउँका कुकुर, बिरालो, भैँसी, बाख्रालगायत पशुचौपायामा सङ्क्रमण फैलिएको छ । कुकुरको टोकाइबाट स्थानीय राजकुमार भट्ट र बज्रबहादुर तामाङका एक–एकवटा भँैसी मरिसकेका र अन्य दर्जनांै पशुचौपाया सिकिस्त बिरामी भएका छन् । “रोग देखापरेपछि नियन्त्रणको लागि रेबिज विरुद्ध खोप अभियान चलाए पनि नियन्त्रणमा आउनसकेन”, वडाध्यक्ष भट्टले भन्नुभयो, “गाउँपालिकासँग खोपको अभाव भएकाले जिल्ला तथा माथिल्लो निकायबाट माग गरिएको छ ।”

अधिकांश मानिस कृषि पेशामा आवद्ध रहेको अर्चले गाउँमा मात्र करीब तीन सय पशुचौपाय पालन हुदैँ आएकोमा अहिले बढीजसो चौपाया संक्रमणमा परेका बताइएको छ । रोगबाट ग्रस्तभएका कुकुर नियन्त्रणमा लिनेक्रम जारी रहेपनि बिरालो नियन्त्रण गर्न कठिन भएको स्थानीय शिक्षक वसन्त भट्टले बताउनुभयो । फिकुरीका विभिन्न बस्तीमा देखिएको उक्त रोग अन्य वडामा फैलिन थालेकाले नियन्त्रणमा आफूहरु गम्भीर लागेका गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon