Friday November 15, 2019 |

नेपाल केन्यासँग ५ विकेटले पराजित

featured-news

फागुन २८, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ ।

वर्षाका कारण खेल अवरुद्ध भएपछि दोस्रो इनिङलाई २९ ओभरमा झारिएको थियो । डकवर्थ लुइस पद्धति अनुसार केन्यालाई जम्मा १०४ रनको चुनौती दिइएको थियो। खेल जारी रहँदै  पुन: दोस्रो पटक वर्षा भए पछि खेल स्थगित गरेर खेल २६ ओभरमा झारिएको थियो । २६ ओभरको खेलमा केन्यालाई ९४ रनको नयां लक्ष्य दिइएको थियो ।    

वर्षाका कारण खेल निर्धारित समय भन्दा झणडै साढे २ घण्टा ढिला गरि सुरु भएको थियो। जसका कारण पहिलो इनिङ ३८ ओभरमा छोट्याइएको थियो ।

कोलिन्स ओबोयाले केन्याका लागि सर्वाधिक २४ रन बनाए ।

नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो । नेपालको लागि शक्ति गौचन र सोमपाल कामीले सर्वाधिक ३० रनको साझेदारी गरे । बर्षाका कारण खेल प्रभावित भए पछि निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमा झारिएको थियो। केन्या ले टस जितेर बलिङ रोजेको थियो ।  

 

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon