Friday November 15, 2019 |

सञ्चार मन्त्रीद्वारा ‘म एक जात हराएको मान्छे’ गीत एल्बमको लोकापर्ण

featured-news

 

काठमाडाँै, २५ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘म एक जात हराएको मान्छे’ नामक गीति एल्बम लोकापर्ण गरेका छन् ।

गायिका मीरा राणाद्वारा स्वर र संगीतबद्ध एल्बममा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले लोकापर्ण गरेका हुन् । लोकापर्ण गर्दै उनले संस्कृतिको जगेर्ना गरेमात्र राष्ट्र बन्ने भन्दै संगीतको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए ।

उनले कला क्षेत्र सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा भूमिका खेल्ने भन्दै मुलुक र जनतालाई सन्देश दिनुपर्ने बताए ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयन नहोस् भन्नका लागि अहिले पनि केही तत्व निर्वाचन नभइदियोस् र देशमा संक्रमणकाल लम्ब्याउन खोजेको आरोप लगाए ।

राजनीतिक संक्रमणकाल लम्बिए देश दुर्घटनातिर जाने भन्दै दलीय र व्यक्तिगत स्वार्थ त्यागेर मुलुकलाई समृद्धितिर लैजानुपर्नेमा मन्त्री बस्नेतले जोड दिए ।

कार्यक्रममा गायिका राणाले गीतले स्रोतको मनमस्तिष्कमा तरङ्ग ल्याउने दाबी गरिन् ।
कार्यक्रममा नायिका भुवन चन्द, संगीतकार दीपक जंगमलगायतले राणाका हरेक गीत मन छुने खालका रहेको बताए ।

छ वटा गीत भएको एल्बममा मीरा राणा, अञ्जु पन्त, स्वरुपराज आचार्य, निशा देशार र सविन सुवेदीले गाउनुभएको छ । छ वटामध्ये चार वटा गीतमा राणाको स्वर तथा संगीत रहेको छ ।

आश म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतको शब्द कृष्णबहादुर थापाले गर्नुभएको छ भने अन्य दुई गीतका संगीत राजु सिंहले गर्नुभएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon