Wednesday December 19, 2018 |

झोलुङ्गे पुल सर्वसाधारणलाई खुला

featured-news

मंसिर १३, पर्वत । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरि अर्को अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेवास क्षेत्रसँंग जोड्न मोदीखोलामा १५८ दशमलव ७० मिटर अग्लो कुस्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको हो । पुलको निर्माण कार्य सकिएसँगै आज बिहानदेखि औपचारिक रुपमा सर्वसाधारणलाई ओहोरदोहोर गर्न तथा पर्यटकका लागि अवलोकन गर्न खुला गरिएको छ ।

कुस्मा–मुडिकुवा झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिले पुलको सतप्रतिशत निर्माण कार्य आइतबार साँझसम्म सकिएकाले आज बिहानदेखि सर्वसाधारण र पर्यटकका लागि खुला गरिएको जानकारी दिएको छ । कुल रु एक करोड ७६ लाखको लागतमा निर्माण पुल भएको हो । पर्वतको महत्वपूर्ण कृषि तथा व्यापारिक केन्द्रका रुपमा रहेको फलेवाससम्म पुग्न अहिले बड्गाउँबाट दुई घन्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेवास सडकमार्फत जाँदा १३ किलोमिटर कच्ची सडकको दूरी पार गर्नुपर्छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon