Saturday August 24, 2019 |

खाद्य वस्तुमा विषादीको बिगबिगी हटाउन इमानदार प्रयासको खाँचो – डा डी आर उपाध्याय

featured-news

तरकारीआदि खाद्य वस्तुमा अत्यधिक विषादीको प्रसंगले सबैमा चिन्ता पैmलाएको छ । जैविक तथा वनस्पतिजन्य विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यसँग वर्षौंदेखि खेलवाड गरिरहेको छ । बालबालिका, किशोरकिशोरी, युवा, वृद्ध सबै उमेरका मानिस दिनहुँ नयाँनयाँ रोगबाट ग्रस्त हुने गरेका छन् । शिरदेखि पाइतालासम्म परीक्षण गराउँदा अचम्म–अचम्मका स्वास्थ्य समस्या भेटिन्छन् । सानै उमेरमा आँखा कमजोर भई चश्मा लगाउनुपर्ने, पचास कटेपछि देखिने उच्च रक्तचाप र मधुमेह जस्ता रोगले पच्चीसै वर्षका युवालाई गाँज्ने सिलसिला दिन–प्रतिदिन बढ्दै गएको छ । यसको मूल कारण तरकारी आदि खाद्य वस्तुमा जथाभावी विषादीको प्रयोगले नै हो ।
घिउ, सबै किसिमका खानेतेलमा अखाद्य पदार्थका मिसावटका अनेकौं घटना पटकपटक प्रकाशमा आउने गरेका छन् । प्रसिद्धि कमाएका मिठाई उत्पादकहरुको मिठाई कसरी सडेगलेका वस्तुबाट बनाइँदो रहेछ भन्ने सबैलाई झस्काउने किसिमको खुलासासमेत केही वर्ष पहिले भएकै हो । यस्ता उद्योग र कारखानाहरुको नियमित अनुगमन निरन्तर भइरहेको छ वा छैन त्यो त सम्बन्धित निकायलाई मात्रै थाहा होला । सरकारी जागिरवाला एक नायब सुब्बास्तरका कर्मचारीसँग करोडौं रुपैयाँ अवैध भेटिनुले हरेक क्षेत्रमा भ्रष्टाचारले आफ्नो खेल जारी राखेको छैन भन्न मिल्दैन । ‘लुट्न सके लुट कान्छा...’ गीतलाई यस सन्दर्भमा स्वतः कानमा गुञ्जिएको महसुस गर्नु अस्वाभाविक होइन । भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेका वा जोड्ने क्रममा रहेकाहरुले अस्टे«लिया, युरोप, अमेरिका, जापानबाट आयातित महंगा खानेतेल तथा अन्य खाद्य वस्तु उपभोग गर्न सक्छन् तर सर्वसाधारण नेपालीको पहुँच त यहीं कै बजारसम्म सीमित छ । यस बाध्यतालाई दृष्टिगत गरेर खाद्य वस्तुका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारी एवं जनप्रतिनिधिले कडाइपूर्वक निरन्तर अनुगमन गरेर अखाद्य वस्तुको मिसावट नियन्त्रण मात्रै गरिदिए सर्वसाधारणले ठूलो राहत पाउने थिए ।
विषादी तथा रसायन प्रयोग गरी तरकारी, फलपूmल र खाद्यान्नलाई आकर्षक बनाउने, आकार एवं वजन बढाउने, उत्पादन दोब्बर–तेब्बर पार्ने, असमय पकाउने जस्ता अप्राकृतिक क्रियाकलाप र प्रतिस्पर्धालाई हतोत्साहित पार्न सरकारले प्रभावकारी गुरुयोजना बनाई कार्यान्वयन गर्नु जरुरी छ । यस्तैयस्तै लोभ–लालच र रातारात करोडपति बन्ने केही व्यवसायीको चाहनाका कारण सिंगो देशको जीवन रुग्ण र कमजोर बनाउने कार्य लामो समयदेखि निर्बाध रुपमा भइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायले कम्तीमा यस क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारीहरुका कार्यशैली र गतिविधिलाई सूक्ष्म निगरानीमा राखिदिए केही हदसम्म अवैध क्रियाकलापलाई रोक्न सकिन्छ ।
विषादीयुक्त तरकारी र खाद्य वस्तुको परीक्षणबारे देशभर बहस चलिरहेकै समयमा स्वास्थ्य कार्यालय तनहुँले विषादी रहित खाद्य तथा पोषण प्रवद्र्धन सम्बन्धी गोष्ठी आयोजना गरेको छ । गोष्ठीका वक्ता सरकारी पदाधिकारी र जनप्रतिनिधिले विषादी न्यूनीकरणका लागि सचेतना आवश्यक रहेकोमा जोड दिए । उनीहरुले मानव स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई नै विषादीले असर पारेको बताए ।
ढिलै भए पनि सबैमा सचेतना आउनुपर्छ । विषादीरहित तरकारी, फलपूmल तथा खाद्यान्न उत्पादनमा सरकार, किसान, व्यापारी तथा कृषि प्राविधिकहरुको ध्यान केन्द्रित भएमा मानव स्वास्थ्यलाई गम्भीर जोखिममा पार्ने यस्ता सारा क्रियाकलाप अवश्य नै नियन्त्रण गर्न सकिन्छ । खाँचो छ, इमानदार कर्तव्यनिष्ठ प्रयासको ।

                                                                                          – २०७६ असार २७

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon