Wednesday July 17, 2019 |

राप्रपाद्वारा देशभर धर्ना

featured-news

काठमाडौँ, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको पुनःस्थापना, सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमत सङ्ग्रहलगायत माग गर्दै देशभर आज धर्ना दिएको छ ।

काठमाडौँमा सिंहदरबार, प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दियो । सो क्रममा पार्टी अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिका, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र उपाध्यक्ष टङ्क ढकालले सूर्यविनायक नगरपालिका, उपाध्यक्ष प्रेमबहादुर भण्डारीले कोहलपुर नगरपालिका, उपाध्यक्ष भीमप्रसाद गौचनले बेनी नगरपालिका, महामन्त्री राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका, महामन्त्री डा धवलशम्शेर राणाले नेपालगञ्ज उपमहानगरपालिका र महामन्त्री भास्कर भद्राले महालक्ष्मी नगरपालिकामा धर्नाको नेतृत्व गर्नुभएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

मागका पक्षमा जनमत बनाउन तथा स्थानीय तहमा भ्रष्टाचार बढेको र भ्रष्टाचार विकेन्द्रित हुँदै गएको भनी आज देशैभरका स्थानीय तहमा धर्ना कार्यक्रम घोषणा गरिएको पार्टीले जनाएको छ । पार्टीले तीन हप्ताअघिदेखि हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ । पार्टीले आगामी वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम, वैशाख ६ गते हिन्दूराष्ट्रका पक्षमा गतिविधि सञ्चालन र वैशाख ८ गते राजमार्ग र चोकमा शान्तिपूर्ण सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यसैबीच राप्रपा (संयुक्त) ले आगामी वैशाखभित्र प्रदेशस्तरीय प्रशिक्षण र कार्यकर्ता भेला गर्ने कार्यक्रम राखेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । उक्त पार्टीले पनि हिन्दूराष्ट्र पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रणलगायत माग गर्दै आएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon