Friday September 21, 2018 |

पेट्रोलियम कानुन आवश्यक

featured-news

काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले पेट्रोलियम उत्पादन तथा ग्यासको कारोवार व्यवस्थित गर्न पेट्रोलियम कानुनको माग गरेको छ । दैनिक उपभोग्य अत्यावश्यक वस्तुका रूपमा रहेका ती उत्पादनको कारोवारमा अन्तर्राष्ट्रिय बजारमा परिवर्तन नभई अनावश्यक हुने मूल्य वृद्धिले उपभोक्तालाई मार परेको महासंघले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले पेट्रोलियम कानुनको  अभावमा केही व्यवसायीले कालोबजार गरिहेकाले त्यसको नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले अहिले मुलुकमा ग्यासको कुनै पनि अभाव नरहेको बताउँदै केही व्यवसायीले कृतिम अभाव सिर्जना गरिरहेको जानकारी गराउनुभयो । महासंघका महासचिव चन्द्रबहादुर थापाले तालिम प्राप्त डिलरलाई मात्र ग्यास बिक्रीको इजाजत दिनुपर्ने बताउँदै उपभोक्तालाई लाभ पुग्ने विषयमा देशभर सचेतना कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । महासंघले देशभर रहेका व्यवसायीका डिलर प्रमाणीकरण प्रक्रिया अगाडि बढाउनुपर्ने, ग्यासमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, डिलर कमिसन लगानीको पाँच प्रतिशत हुनेगरी वृद्धि गर्नुपर्नेलगायत माग गरेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon