Wednesday December 19, 2018 |

उचित मूल्यको पर्खाइमा पाल्पाको सुन्तला

featured-news

मंसिर १३, काठमाडौँ । सुन्तलाको उचित मूल्य नपाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरूले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने रु ८० देखि रु ९० मा प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् । प्रतिकिलो रु ३५ मा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरूलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसानले बताए ।
तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै रु पाँच करोडभन्दा बढीको सुन्तला रूपन्देही जिल्लामा समेत निर्यात हँुदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको किसानले बताएका छन ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon