Thursday December 13, 2018 |

मारुनी नाचबाट सङ्कलित रकम सामाजिक क्षेत्रमा

featured-news

बेझाड, पाल्पा, ८ मङ्सिर । गाउँमा मारुनी नाच नाचेर सङ्कलित रकम फोक्सिङकोट पाल्पाका बासिन्दाले सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेका छन् । जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटको रानीवासमा हरेक वर्ष दशैँ, भाइटीका, हरिबोधनी एकादशी र मङ्सिरे पूजाको भोलिपल्ट मारुनी नाच नाच्ने गरिन्छ ।

उक्तबाट सङ्कलन भएको रकम गाउँमा सामुदायिक भवन तथा, मन्दिर निर्माणका साथै मारुनीको पोशाक, पुस्तक तथा मादल खरीद र नाच संरक्षणजस्ता क्षेत्रमा खर्च गर्ने गरिएको उक्त नाचका संयोजक नरबहादुर सिंजालीले बताए । मारुनी नाचबाट यस वर्ष रु ५७ हजार ६६३ सङ्कलन भएको थियो ।

मगर वेषभूषा झल्किने पोशाक चोली, फरिया, पटुकी, कण्ठ, टिकिया लगाएर युवा मारुनी दुई समूहमा विभाजित भई पालैपालो भाका निकालेर गीत गाउने र तथा नृत्य गरिन्छ । डाँडी, झुमरी, ख्याली र मझौटे गीतका साथै माया प्रेम, ख्यालठट्टाका प्रसङ्ग, भगवान् राम र कृष्णका लीला र राजा महाराजाका विषय प्रसङ्ग उठाई नाच्ने र गाउने पनि गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको उक्त नाच यहाँका युवाले संरक्षण गर्दै आएका हुन् । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon