Thursday December 13, 2018 |

त्रिपिटक वाचन सम्पन्न

featured-news

रुपन्देही, ३० कात्तिक । लुम्बिनीमा पर्यटन प्रवद्र्धन र बुद्ध दर्शनको प्रचार गर्ने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा पहिलोपटक आयोजना गरिएको ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज सम्पन्न भएको छ ।

लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा सञ्चालित तीन दिने कार्यक्रममा १८ देशका एक हजार भिक्षु भिक्षुणी, उपासक उपासिकाले सामूहिक बुद्ध दर्शनकोमूल ग्रन्थ त्रिपिटक वाचन गरेका थिए । कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटकअन्तर्गतका विनय, सूत्र र अभिधम्म पिटकको वाचन गरिएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष मैत्री भिक्षुले जानकारी दिए । त्रिपिटक भगवान् बुद्धको उपदेश सङ्गृहीत बौद्ध धर्मको पुरानो ग्रन्थ भएको जानकारी दिँदै उनले यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचन सङ्ग्रह गरिएको बताए ।

त्रिपिटक वाचन कार्यक्रममा नेपाल, भारत, चीन, अमेरिका, थाइल्याण्ड म्यान्मा, श्रीलङ्का, लाओस, कम्बोडिया, कोरिया, जापानलगायत देशका भिक्षु सहभागी थिए । स्थानीय आयोजक समितिका सचिव चेतन पन्तले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको अन्तिम दिन आज साँझ मायादेवी परिसरमा दीपप्रज्वलनसहित शान्ति पदयात्रा गरिएको थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon