Saturday May 25, 2019 |

नेपाली टोलीको बिदाइ

featured-news

काठमाडौँ, २३ फागुन । थाइल्याण्डको चोनबुरीमा आयोजना हुने दोस्रो बुराफा युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । यही फागुन २५ गते हुने उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

सहभागी हुन जाने खेलाडीमा विनोद बस्नेत, प्रवेश दवाडी, दिनेश राई, प्रज्ज्वल दवाडी, दीपक दुलाल, शैलेन्द्र घिमिरे, सन्तोष पौडेल, अनिल आले, राजेशकुमार तामाङ, उज्ज्वल श्रेष्ठ, निशा श्रेष्ठ, मेलिना गुरुङ मगर र फूलमाया कुमाल रहेका छन् । टोलीको प्रशिक्षकमा रोशन खान, टिम व्यवस्थापकमा कृष्णप्रसाद सिलवाल तथा अन्तर्राष्ट्रिय निर्णायकमा शोक खड्का र मीन न्यौपाने छन् । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon