Thursday June 20, 2019 |

भाजपाको बहुमत सुनिश्चित, मतगणना जारी

featured-news

नयाँ दिल्ली, ९ जेठ । भारतीय लोक सभाको निर्वाचनको बिहीबार ९ः०० बजे सम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ । पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा ८२ स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले २४ स्थानमा बिजय हासिल गरेको छ ।

भाजपाले अन्य २१४ स्थानमा अग्रता कायम राखेको छ भने कङ्ग्रेसको २८ स्थानमा अग्रता रहेको छ । इन्डिया त्रिनामुल कङ्ग्रेसले तीन स्थानमा विजयी बनेको छ भने १९ स्थानमा अग्रता कायम गरेको छ । एजेएसयू पार्टीले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै अल इन्डिया अन्ना द्रविडा मुन्नेत्र खाजागमले दुई स्थान र आम आदमी पार्टीले एक स्थानमा अग्रता लिएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले तीन स्थानमा अग्रता लिएको छ भने हिन्दूवादी शिवसेना ले छ स्थानमा विजय हाँसिल गरेको छ भने १२ स्थानमा अग्रता देखिएको छ । लोकजन शक्ति पार्टीले दुई स्थानमा विजय हाँसिल गरेको भने बाँकी चार स्थानमा अग्रता लिएको छ । पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४२ स्थानका लागि चुनाव भएको थियो ।

लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । अप्रिल ११ मा शुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ । रासस-एएनआई

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon