Thursday December 13, 2018 |

राजपा संयोजकमा महतो

featured-news

काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो संयोजक भएका छन् ।

आज पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उहाँलाई संयोजक चयन गरेको हो । बैठकले पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक ठह¥याउँदै पार्टी सङ्गठनमा भएका सबै नियुक्ति र मनोनयनलाई खारेज गर्ने निर्णय गरेको संयोजक महतोले जानकारी दिए ।

उनले अगामी आइतबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा के गर्ने भन्ने विषयमाथि छलफल हुने जानकारी दिए । यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर रहेका थिए । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon