Wednesday December 19, 2018 |

गजल वाचनको १८१ औँ शृङ्खला

featured-news

पोखरा, १२ साउन । गजल सन्ध्या पोखराले सञ्चालन गर्दै आएको नियमित गजल वाचनको १८१ औँ साउने शृङ्खलामा दुई दर्जन गजलकारले आफ्ना रचना प्रस्तुत गरेका छन् ।

प्रत्येक महिनाको दोस्रो शनिबार ‘गजलको उत्थान हाम्रो अभियान’ भन्ने नारासहित सञ्चालित गजल वाचनको यस शृङ्खलामा गजलकारले समसामायिक, देशप्रेम, माटो र प्रणय भावका गजल सुनाउँदै राजनीति र समाजिक विकृतिप्रति कटाक्ष एवं प्रेमप्रति समर्पण भाव व्यक्त गरे ।

गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीको स्वागत गजलसँगै शुरु गजल वाचनमा राज एकान्तप्रेमी, आवाज शर्मा र त्रुपक, दीपक समीप, रुपिन्द्र प्रभावीलगायतले गजलका माध्यमबाट समसामयिक भाव तथा विकृतिमाथि व्यङ्ग्य गरे ।

गजल सन्ध्या पोखराका सचिव वसन्त विनोद, कपिल शर्मा, सञ्जीव पौडेल, मोहन भण्डारी, मनोज काफ्ले, श्रीराम अधिकारी गोर्जे, अनुराग अधिकारी, तिलक खत्री, श्रीराम अधिकारी गोर्जे, तारानाथ पराजुली, अर्जुनदृष्टिलगायतले गजल वाचन गरे । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon