Saturday May 26, 2018 |

मेलमिलाप केन्द्र प्रभावकारी बन्दै

featured-news

इनरुवा, १२ वैशाख । सुनसरीको देवानगञ्ज गाउँपालिकामा रहेको मेलमिलाप केन्द्र प्रभावकारी बन्दै गएको छ ।

स्थानीयले आफ्नो समस्या आफँै समाधान गरौँ भन्ने मूलनाराका साथ पाँच महिनाअघि स्थापना गरेको मेलमिलाप केन्द्रले मेलमिलापको प्रभावकारी काम गरिरहेको मेलमिलापकर्ता देवनन्दन मेहताले जानकारी दिए ।

मंसिरमा स्थापना भएको केन्द्रले हालसम्म २४३ मुद्दा परेकोमा १५२ मा सहमति भई फछ्र्योट भएको मेहताले बताए । गाउँमा सर्वसुलभ र सबैको पहुँचका लागि गाउँमा मेलमिलाप केन्द्र प्रभावकारी बनेको मेलमिलाप केन्द्र, देवानगञ्ज गाउँपालिकाका संयोजक रामेश्वर मेहताले जानकारी दिए । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon