Monday May 27, 2019 |

मधेश अधिकार सम्पन्न हुनेछ ः राउत

featured-news

राँझा, ८ वैशाख । नवगठित जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मधेशलाई अधिकारसम्पन्न बनाउन पार्टी गठन गरेको बताउनुभएको छ ।

बाँकेको जानकी गाउँपालिका– ६ गनापुरस्थित कपासीमा आयोजित आमसभामा डा राउतले भन्नुभयो, “सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् । सरकारसँग गरेको सम्झौता ठूलो विजय हो ।”

सरकारसँग गरेको सम्झौतामाथि प्रश्न उठाउने हैसियत कुनै मधेशवादी दलका नेतामा नभएको उहाँको भनाइ थियो । उहाँले युवालाई रोजगार दिएर मधेशलाई आत्मनिर्भर बनाउनतर्फ आफू अग्रसर भएको बताउनुभयो । अध्यक्ष राउतले आजै हजरत सैयद शाह बाबा मेलाको उद्घाटनसमेत गर्नुभयो । उक्त मेला तीन दिनसम्म चल्ने मेला व्यवस्थापन समितिका अध्यक्ष बालकराम चौहानले जानकारी दिनुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon