Wednesday August 22, 2018 |

नेपाल टेलिकम डुबाएर भए पनि जाँंदाजाँंदै फोर जी घोटालाबाट अर्बौं कमाउन राजभण्डारी र ठाकुरमा छटपटी, यी दुईजनाका कारण जेल जाने त्रासमा फोर जी मूल्यांकन समितिका पदाधिकारी रहेको इमानदार कर्मचारीबाट खुलासा

featured-news

काठमाडौँ, १४ माघ । नेपाल टेलिकमलाई डुबाएर भए पनि जाँंदाजाँंदै प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरमा फोर जीको वर्तमान टेन्डरमा घोटाला गरी अर्बौं कमाउन ठूलो छटपटी देखिएको टेलिकमका इमानदार कर्मचारीहरुले खुलासा गरेका छन् । उनीहरुका अनुसार फोर जी टेन्डरको सही मूल्यांकन गर्न मूल्यांकन समितिलाई कम्तीमा तीन महिनाको समय चाहिन्छ । तर राजभण्डारी र ठाकुरले यही माघ ३० गतेभित्र मूल्यांकन प्रस्तुत गर्न समितिकाहरुमाथि चर्को दबाब र धम्की दिइरहेका छन् । सो समितिका एक पदाधिकारीले नाम नखुलाउने शर्तमा बताएअनुसार, राजभण्डारी र ठाकुरको दबाब धम्कीमा परेर मूल्यांकन गरिएमा भावी सरकार तथा टेलिकमको नयाँं व्यवस्थापनले समितिका पदाधिकारीलाई जेल पठाउने निश्चित छ । स्रोतका अनुसार, तीन अर्ब पच्चीस करोड रुपैयाँंमा देशव्यापी फोर जी सेवा उपलब्ध गराउने प्रस्ताव आइसकेको अवस्थामा यसका लागि पच्चीस वा एकतीस अर्ब खर्चको मूल्यांकन विवरण प्रस्तुत गरिए समितिका पदाधिकारी त भ्रष्टाचारमा फस्छन् नै उता टेलिकम पूरै टाट पल्टनेछ । किनभने फोर जी सेवा सुचारु ह्ुन कम्तीमा दुई वर्ष लाग्छ र तबसम्म फाइभ जी सेवा सुरु भइसक्नेछ । त्यसपछि फोर जीमा गरिएको लगानी उठ्नै नसक्ने टेलिकमकै विज्ञहरुको भनाइ छ । तर यो वास्तविकता बुझेर पनि राजभण्डारी र ठाकुरले मूल्यांकन समितिका पदाधिकारीमाथि फोर जीका नाममा पच्चीसदेखि एकतीस अर्ब खर्चको वातावरण बनाउन चर्को दबाब दिइरहेको स्रोतको भनाइ छ । समितिका पदाधिकारीहरुलाई बिहान सातबजे बैठक गराएर कार्यालयमै खानाखाजाको व्यवस्था गरेर भए पनि माघ ३० भित्र मूल्यांकन प्रस्तुत गर्न राजभण्डारी र ठाकुरले धम्काइरहेको समितिकै पदाधिकारीको भनाइ छ । 
राजभण्डारी र ठाकुरले यसो गर्न आफूहरुमाथि सचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, मन्त्रालयका सचिवले दबाब दिइरहेको भन्ने गरेको समितिका पदाधिकारीले खुलासा गरे । स्रोतका अनुसार राजभण्डारी र ठाकुरले मन्त्री बस्नेत तथा आरजु देउवाले आफूहरुलाई जसरी भए पनि फोर जी प्रोजेक्टबाटै ठूलो रकम उपलब्ध गराउन पटकपटक दबाब दिइरहेको आफ्ना निकटका उच्च पदाधिकारी तथा सप्लायरहरुसँंग भन्ने गरेका छन् । यसै निहँंमा दुवैजनाले सप्लायरहरुसँंग पटकपटक ठूलो रकम संकलन गरेको स्रोतको दाबी छ । आगामी फागुन पहिलो साता अर्को सरकार गठन हुने भएकोले त्यसपूर्व नै ठूलो रकम हात पार्न मन्त्री बस्नेत र आरजु देउवाले दबाब दिइरहेको बहाना गदैै राजभण्डारी र ठाकुरले सप्लायरहरुसँंग रकम असुल्ने गरेको स्रोतको भनाइ छ । राजभण्डारीको फोर जी घोटाला प्रयासलाई बुझेर नै सबै डीएमडीले राजभण्डारीको साथ छाडिसकेको स्रोतले खुलासा गरेको छ । स्रोतका अनुसार टेलिकममा यस्तो आन्तरिक अविश्वास र अस्तव्यस्तता टेलिकमको इतिहासमा कहिल्यै थिएन । यसकै परिणाम स्वरुप टेलिकमका सेवाको स्तर खस्किंदै गएर एनसेलले टेलिकमका सेवाग्राहीलाई निरन्तर तानिरहेको छ । 
यसको सम्पूर्ण जवाफदेही असक्षम राजभण्डारी र नालायक एवं महाभ्रष्ट कहलिएका ठाकुरको हुने टेलिकम कर्मचारीहरुको भनाइ छ । ती कर्मचारीका अनुसार ठाकुर काठमाडौंको नक्साल, बालुवाटार तथा गैरीधारा आसपासका विभिन्न रेष्टुरेन्टमा मादक पदार्थ सेवन गरी मातिएर जथाभावी व्यवहार गर्ने गरेको र आपत्तिजनक अवस्थामा युवतीहरुसँंग भेट्ने गरेका छन् । मात्तिएको अवस्थामा कयौं पटक ठाकुरलाई उनका आसेपासे तथा चाकडीबाज केही सप्लायरले घरसम्म लगिदिएको उनी निकट कर्मचारीले बताए । ठाकुरको सुरासुन्दरीप्रतिको आकर्षणका कारण उनलाई विभिन्न शारीरिक समस्यासमेत आइलागेको आशंका ठाकुरनिकटकै स्रोतले व्यक्त गरेको छ । हालै ठाकुरले बालुवाटारस्थित एक रेष्टुरेन्टमा एक युवतीसँंग आपत्तिजनक व्यवहार गरेपछि युवतीले स्यान्डिल उचालेर हिर्काउन लाग्दा सँंगै रहेका सहकर्मीले जोगाएको स्रोतले बताएको छ । यस्तो नालायकको इसारामा राजभण्डारीले सबै अनियमित कार्य गरिरहेको हुँदा देशको अर्थतन्त्रलाई ठूलो टेवा दिन सक्षम टेलिकम दिनहुँं करोडौं घाटामा गइरहेको स्रोतको दाबी छ । राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरको भ्रष्ट प्रवृतिले गर्दा टेलिकम प्रति महिना करोडौं रुपैयाँं घाटामा गइरहेको ती कर्मचारीले बताए ।
उपरोक्त समाचारका सम्बन्धमा राजभण्डारी र ठाकुरसँंग पनि जानकारी लिन पूरा समाचार डट कमले सम्पर्क राख्न गरेको प्रयास सफल हुन सकेन ।
निकट भविष्यमा गठन हुने सरकार तथा विशेषगरी प्रधानमन्त्री बन्ने निश्चित केपी शर्मा ओलीले टेलिकमको फोर जी घोटालालाई आरम्भदेखि छानबिन अनुसन्धान गराएर राजभण्डारी तथा ठाकुरलाई उचित सजाय दिलाएरै छाड्ने विश्वास टेलिकमका एमानदार कर्मचारीले व्यक्त गरेका छन् । ती कर्मचारीका अनुसार राजभण्डारीको कार्यकालमा उनले नचाहँंदा नचाहँंदै एउटा भने सकारात्मक काम भएको छ । त्यो हो प्रतिमा प्रधानको मोबाइल सेवा प्रमुखमा नियुक्ति । मोबाइल सेवा निर्देशनालय प्रमुखमा प्रधान र प्रबन्धक मीनू प्रधान कार्यरत भएपछि तीव्र सुधार भएको र अझै सुधार हुने आशा समेत ती कर्मचारीले प्रकट गरेका छन् । 
पूरा समाचार डट कमको नेपाल टेलिकम वा त्यहाँका कुनै पनि पदाधिकारीसँग कुनै आग्रह–पूर्वाग्रह छैन । नेपाल टेलिकम देशको अर्थतन्त्रको बलियो खम्बा बन्न सक्छ तर राजभण्डारी र ठाकुरका अनियमिताका कारण यो धराशायी बन्दै गएको बारे हाम्रो विश्वस्त स्रोतले निरन्तर खुलासा गर्दै आएको छ । देशको यस्तो बहुमूल्य धरोहर नेपाल टेलिकमलाई ध्वस्त बनाउने गतिविधि टुलुटुलु हेर्न नमिल्ने कुरा आत्मसात गरेर पूरा समाचार डट कमले समाचार सम्प्रेषण गरिरहेको मात्र हो । टेलिकममा सर्वसाधारणका रगत–पसिना बगाएर कमाइ गरेको लाखौं रकम रकम सञ्चारसेवाको प्रयोगबाट प्रतिसेकेन्ड लगानी भइरहेको छ । त्यस्तो रकममा अनियमितता नहोस् र टेलिकम अत्यन्त उचाइमा पुगोस्, आर्थिक रुपमा उन्नतिको शिखरमा पुगोस् हाम्रो चाहना छ । तर यसमा अनियमितता गर्नेको भण्डाफोर गर्न हामी हर समय तत्पर छौं, यसका लागि जुनसुकै चुनौतीको सामना गर्न हामी तयार छौं ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon