Sunday October 21, 2018 |

टेलिकमले असक्षम नेतृत्वबाट उन्मुक्ति पाउँंदै, राज भण्डारीलाई २४ घन्टे स्पष्टीकरण—उच्च स्रोत

featured-news

काठमाडौँ, २७ साउन । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्ने पत्र काटिएको टेलिकम उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार राजभण्डारीको कार्य क्षमतामा चारैतिर प्रश्न उठ्न थालेपछि उनीलाई उनले नियुक्ति हुँंदा कबोल गरेको कार्य पूरा गर्न थप ६ महिनाको समयावधि दिइएको थियो । त्यसमा दुई महिनाभित्र गर्नुपर्ने काम उनले गर्न नसकेपछि उनीलाई माथिल्लो निकायबाट स्पष्टीकरण सोधिएको हो ।
राजभण्डारीको कार्य क्षमतामा नेपाल टेलिकमकै नेपाल राष्ट्रिय कर्मचारी संगठनले नै यही साउन ९ गते एक विज्ञप्ति जारी गरेर असक्षमता र अकर्मण्यता औंल्याउँंदै राजभण्डारीको विरोध गरेपछि ठूलै हल्लीखल्ली मच्चिएको थियो । सो संगठनले टेलिकम धराशायी हुन लागेको संकेत गर्दै टेलिकम जोगाउन जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
टेलिकम स्रोतले पटकपटक राजभण्डारीको कार्य असक्षमता, सहकर्मीहरुप्रतिको मनोमानी ढंगको व्यवहार, जथाभावी सरुवा र अनियमितताको शृंखला खडा गरेर बढीभन्दा बढी व्यक्तिगत लाभ लिने प्रयासका कारण टेलिकमलाई करिब २० अर्बभन्दा बढीको घाटा व्यहोर्नुपरेको बताउँंदै आएको छ । राजभण्डारीको यसै कार्यशैलीका कारण निजी सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले हरेक क्षेत्रमा टेलिकमलाई उछिनेर एनसेल सबैभन्दा बढी राजश्व बुझाउने कम्पनी बनेको स्रोतले बताएको छ ।
विशेषगरी विगतमा फोरजी सेवाका नाममा जथाभावी खर्च देखाइएको छ जुन कि वास्तवमा थ्रीजी हो । फोरजीका नाममा सधै सरकार एवं सर्वसाधारणको आँखामा छारो हालिएको स्रोतको भनाइ छ । टेलिकमका प्राविधिक विज्ञहरुले बताए अनुसार नेपाल टेलिकमले प्रयोग गर्ने ९०० मोगाहर्ज (जीएसएम) टूजीका लागि र १८०० मेगाहर्ज (डीसीएस) टूजीका लागि तथा २१०० मेगाहर्ज (यूएमटीएस) थ्रीजीका लागि प्रयोेगमा आइरहेको छ । यो सबै पुरानै टावर तथा उपकरण प्रयोग गरेर सेवा दिइँदै आएकोमा नयाँ टावर तथा उपकरण जडान नगरिकन १८०० मेगाहर्जकै ब्याण्डमा कार्डमात्रै परिवर्तन गरी फोरजी सञ्चालनमा ल्याएको प्रचारप्रसार गरिएको छ । कार्डमात्रै परिवर्तन गरेर एक अर्ब पच्चिस करोड रुपैयाँ भ्रष्टाचारीहरुले झ्वाम पारेको कर्मचारीहरुले आरोप लगाउँंदै आएका छन् । बाहिरका सामान्य प्राविधिकहरुलाई ती टावर तथा उपकरणको छानविन गर्न लगाइए सबै छर्लङ्ग हुने र फोरजीका नाममा कति भ्रष्टाचार भयो तथ्य खुल्ने उनीहरुको दावी छ । अहिले आएर भिएमएस भ्वाइस रेकर्ड मेल सेवालाई बिना टेन्डर कम्पनी व्यवस्थापनले मनपरी ढंगले आफूखुसी भेन्डर कम्पनीलाई दिन लागेको आरोप त टेलिकमकै नेपाल राष्ट्रिय कर्मचारी संगठनले नै लगाएको छ ।
प्रबन्ध निर्देशक राज भण्डारीले प्रबन्ध निर्देशक पदमा नियुक्ति पाउन गरेको कबोल बमोजिमका लक्ष्यका प्रत्येक बुँंदा माइनसमा गएको हालैको प्रतिवेदनमा खुलासा भएको छ । केही समयअघिसम्म बैंक मौज्दातको ब्याज दरमा वृद्धि हुँंदा देखिएको नाफासमेत अहिले माइनसमा गएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार सरकारले राज भण्डारीको अकर्मण्यताबाट टेलिकमलाई उन्मुक्ति दिलाउने प्रक्रिया सुरु गरेपछि त्यहाँंका इमानदार कर्मचारी अत्यन्त उत्साहित भएका छन् । ढिलै भए पनि सरकारले अकर्मण्य राजभण्डारीबाट टेलिकमलाई उन्मुक्ति दिई इमानदार र कर्मठ पदाधिकारलाई टेलिकमको नेतृत्व दिएमा आफूहरुको भविष्य सुरक्षित हुने र देशको अर्थ व्यवस्थामा घाटाको स्थानमा टेलिकमले प्रचुर आम्दानी गर्ने विश्वास पनि उनीहरुले व्यक्त गरेका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon