Sunday November 18, 2018 |

बालगायकको ‘अंकित’ आयो

featured-news

काठमाडौँ, १७ भदौ । बालगायक अंकित लुइँटेलको सांगीतिक एल्बम ‘अंकित’ शुक्रबार यहाँ लोकार्पण गरिएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सो एल्बमको लोकार्पण गर्दै लुइँटेलजस्ता प्रतिभाशाली बाल कलाकारको प्रतिभालाई रेडियो नेपालले जहिले पनि प्रोत्साहन गर्ने बताए ।

पाँच गीत रहेको सो एल्बममा गीतकार डा नवराज लम्साल र एल्बमका मूल सर्जक टीका भण्डारीले अंकितभित्रको सांगीतिक पक्षबारे प्रकाश पारेका थिए । एल्बममा गीतकार डा कृष्णहरि बराल, डा लम्साल, रमेश क्षितिज र टीका भण्डारीका रचना छन् । कार्यक्रममा संगीतकार भूपेन्द्र रायमाझी र गायक मदनसिंह नेपालीलाई सम्मान गरिएको थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon