Wednesday December 19, 2018 |

फरार अपराधी पक्राउ

बर्दिया, २४ असोज । आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिई फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका–१२ भैसाहीका २० वर्ष कैद सजाय तोकिएका ३९ वर्षीय शङ्खर थारुलाई प्रहरीले घरमै लुकिछिपी रहेको अवस्थामा आज बिहान पक्राउ गरेको हो ।
सोही ठाउँका ३० वर्षीय छोतेलाल थारुको २०६७ जेठ १४ गते हत्या गरी फरार रहेका थारुलाई सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । बर्दिया जिल्ला अदालतले २०७२ माघ १३ गते घटनाका आरोपीलाई दोषी ठहर गरी सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon