Tuesday October 15, 2019 |

समाजलाई खोक्रो बनाउने लागू पदार्थ दुव्र्यसनतिर पाइला उचाल्नै नदिन सावधानी अपनाउनु पर्छ – डा डी आर उपाध्याय

featured-news

                        लागू पदार्थको दुव्र्यसनले देशका कयौं सहरको बस्तीका युवा–किशोरहरुलाई सर्वनाशको भासमा जाक्दै लगेको छ । त्यस्तो स्थानको सिंगो समाज नै खोक्रो बन्दै गएको छ । देशको राजधानीकै यस्ता अनेकौं इलाका लागू पदार्थको दुव्र्यसनीहरुकै कारण बलात्कार, हत्या एवं लुटपाटको चपेटामा पर्ने गरेका छन् ।
मोफसलको अवस्था पनि सन्तोषजनक छैन । विगत तीन वर्षमा झापामा लागू औषधको ओसारपसार विरुद्ध गरिएको प्रहरी कारबाहीमा ५५४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३–७४ मा १६५, २०७४–७५ मा १८९ र २०७५–७६ मा २०० जना लागू औषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएका छन् । पक्राउ परेका मध्ये २४ जना विदेशी नागरिक थिए ।

लागू पदार्थ ओसारपसार गर्दा पक्राउ परेकै संख्या यति ठूलो छ भने सुरक्षा निकायको आँखा छलेर कारोबार गर्नेहरु अरु कति होलान् सजिलै अनुमान लगाउन सकिन्छ । अर्को कुरा ओसारपसार गर्नेको यस संख्याले लागू पदार्थ प्रयोग गर्नेहरुको संख्या निकै ठूलो रहेको संकेत गरिरहेको छ । देशव्यापी एक तथ्यांक अनुसार सन् २०१४ देखि केही महिना अघिसम्म १९,८०९ भन्दा बढी व्यक्ति लागू पदार्थको कारोबार तथा प्रयोग गरेको पाइएका छन् । लागू पदार्थ बेचबिखन गरेको अभियोगका हजारौं मुद्दा देशका विभिन्न अदालतमा चलिरहेका छन् ।
कानुनले लागू पदार्थका कारोबारी तथा प्रयोगकर्तासमेतका लागि अत्यन्त कडा सजायको व्यवस्था गरेको छ । तर पनि यो नियन्त्रणमा आउनुको साटो झाँगिंदै जानु चिन्ताको विषय हो । लागू पदार्थसँग सम्बन्धित अपराध हरेक वर्ष ११ प्रतिशतभन्दा बढी वृद्धि भइरहेको बताइन्छ । प्रहरीले दशकौं पूर्वदेखि लागू पदार्थ दुव्र्यसन विरुद्धका सचेतना कार्यक्रमहरु देशव्यापी रुपमै सबै तहका शिक्षालयहरुमा सञ्चालन गरिरहेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायत सञ्चार माध्यमहरुबाट निरन्तर लागू पदार्थको दुव्र्यसनका विनाशकारी परिणामहरुको प्रकाशन–प्रसारण भइरहेका छन् भने अनेकौं सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले होर्डिङ बोर्ड, पोस्टर, पर्चापम्पलेटको माध्यमबाट लागूपदार्थ प्रयोग नगर्न सचेतना फैलाइरहेका छन् तर पनि यस सम्बन्धी चुनौती थपिंदै गएको छ । लागू पदार्थ दुव्र्यसनीहरुलाई नै लक्षित गरी देशभरी सयौं सुधारगृह एवं पुनस्र्थापना केन्द्र सञ्चालन भइरहेका छन् । त्यहाँ पनि दुव्र्यसनीहरुको संख्या दिन प्रतिदिन थपिने गरेकै भेटिन्छ ।
लागू पदार्थ दुव्र्यसनीहरुको जीवनलाई नजिकबाट नियाल्दा यसका पछाडि अनेकौं मनोवैज्ञानिक कारणहरु देखिन्छन् । यसको कानुनी उपचार त आफ्नो ठाउँमा छँदैछ । तर किशोर, युवा वा अन्य उमेरका व्यक्तिहरुलाई लागू पदार्थ दुव्र्यसनतर्पm पाइला उचाल्नै नदिने सावधानी तिनका अभिभावक र परिवारजनले अपनाउनु पर्दछ । कयौं यस्ता दुव्र्यसनी भेटिएका छन् जो आफ्नै घरपरिवारको व्यवहारका कारण विनाशकारी कुलतमा फसे । यसतिर हरेक परिवारका सचेत सदस्य सतर्क हुनु आवश्यक छ कतिपय सामान्य कुराहरुलाई नजरअन्दाज गर्दा वा ध्यान नदिंदा सिंगो परिवारको सुखशान्ति सदाका लागि समाप्त हुने गरेको हामी कयौं लागू पदार्थ दुव्र्यसनीका आत्मकथाबाट थाहा पाउन सक्छौं ।

                                                                                               – २०७६ असोज २

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon