Monday December 17, 2018 |

संविधान कार्यान्वयन संकटतर्फ

featured-news

मंसिर १३, कास्की । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारको संविधान संशोधनको प्रयत्नले संविधान कार्यान्वयनमा संकट देखिएको बताएका छन । प्रेस चौतारी नेपाल कास्कीले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कुनै व्यक्तिविशेष र राजनीतिक दलको चाहना र स्वार्थ पूरा गर्ने गरी ल्याइने संशोधनलाई नेपाली जनताले अस्वीकार गर्ने बताए ।

मिलेर बसेका प्रदेश नं ५ का तराई र पहाडी जिल्लालाई संविधान संशोधनबाट छुट्याउने प्रयास गलत भएको भन्दै सचिव विष्टले यस्तो प्रस्ताव त्यस क्षेत्रका जनताले स्वीकार्न नसक्ने चेतावनी दिए । स्वाधीनता र अखण्डतामाथि आइपर्ने संकटका अगाडि सत्तापक्ष सांसदहरु पनि उभिनुपर्ने बेला आएको भन्दै उनले गलत प्रयासका लागि एमाले संसदभित्र र बाहिर कडा रुपमा प्रस्तुत हुने बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon