Wednesday July 17, 2019 |

‘राप्रपाका मुद्दाप्रति जनता सहमत’

featured-news

काठमाडौंँ, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्गे्रस र कम्युनिष्टप्रति जनताको मोह भङ्ग हुँदै गएको बताउनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले अघि सारेका मुद्दाप्रति जनता सहमत हुँदै गएको बताउनुभयो । मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको उल्लेख गर्दै अध्यक्ष थापाले गरीबी र बेरोजगारीका बाबजुद भ्रष्टाचार महारोगका रुपमा पछिल्लो समय देखिएको बताउनुभयो । बिपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपटी हुनु विडम्वना भएको उहाँको भनाइ थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon