Saturday May 25, 2019 |

छुवाछूतको विभेद हटाउन दलित समुदायको होमस्टे प्राथमिकतामा राखिनुपर्छ — डा डी आर उपाध्याय

featured-news

                                  चार वर्ण छत्तीस जातको फूलबारी हो हाम्रो राष्ट्र यो सुन्दा र भन्दा हामीले गौरव र उल्लास महसुस गर्छौं । पाठ्यपुस्तक तथा कानुनी किताबहरुमा यसको उल्लेखले ती पुस्तकको वजन बढाउँंछ । तर व्यवहारमा यसको स्वरुप सर्वथा विपरीत देखिन्छ । दुर्गम जिल्लाका अनेकौं गाउँंहरुको मात्र यो विडम्बनापूर्ण अवस्था होइन, देशको राजधानीका कयौं स्थानमा पनि यस चिन्तनले समाजलाई गाजेको भेटिन्छ ।
जातीय छुवाछूत गर्नेलाई कानुनले दण्डसजाय तोकेको छ तर पनि यसमा अंकुशी लागेको छैन । दलित र गैरदलित समुदायबीचको भेदभाव त आफ्नो ठाउँंमा छँंदैछ, दलित–दलितबीच पनि छुवाछूत हुने गरेका अनेकौं घटना हुने गरेका छन् । दलितहरुकै एउटा गाउँंमा एक समुदायले उपभोग गर्ने इनारको पानी लिन अर्को दलित समुदायलाई रोक लगाइएको सुन्दा जोसुकैलाई आश्चर्य लाग्न सक्छ ।
देशमा अनेकौं आन्दोलन र क्रान्ति भएका छन् । सामाजिक जागरण ल्याउने नाममा वार्षिक अर्बौं रुपैयाँं खर्च भइरहेको छ । दर्जनौं विदेशी संघसंस्थाहरुले गाउँंगाउँंमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् तर राजधानीमै जातीय छुवाछूत हुनुले ती सबै प्रयासहरुको उपहास भएको छ ।
हालै ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा भइरहेको जातीय भेदभाव सम्बन्धी समाचारले धेरैलाई झस्काएको छ । समाचार अनुसार उक्त नगरपालिकाको वडा नम्बर १२ का एक वडा सदस्य गैरदलित समुदायका हुन् भने अर्की महिला वडा सदस्य दलित समुदायकी । सो भडार गाउँंमा कसैको मृत्यु भए शव जलाउने घाट र खोलासम्म शव लैजाने बाटो गैरदलित र दलितका अलग–अलग छन् ।
उक्त गाउँंको एकातर्फ दलित र अर्कोतर्फ गैरदलित समुदायको बसोबास छ । दलित र गैरदलित बस्ती आसपासमै छन् । गाउँंमा १६ घर दलित र ३० घर गैरदलितको बसोबास छ । तर गाउँंबाट खोलासम्म पुग्ने दुईवटा बाटा छन् ।
गाउँंमा कसैको शव दाहसंस्कारका लागि खोलासम्म लानुपर्दा दुईवटा बाटोमध्ये एउटा दलित र अर्को गैरदलित समुदायकाले प्रयोग गर्छन् । गैरदलितको मृत्यु हुँंदा दलित र दलितको मृत्यु हुँंदा गैर दलित समुदायका व्यक्ति मलामी समेत जाँंदैनन् । खोलामा शव जलाउने ठाउँं पनि दुई सय मिटर दूरीको फरक–फरक स्थानमा छन् । माथिल्लो घाट गैरदलित समुदाय र तलको घाट दलित समुदायकाले प्रयोग गर्छन् । दलितले शव खोलासम्म लैजाने बाटो गैरदलितले प्रयोग नगर्ने गरेको महिला वडा सदस्यको भनाइ छ । उनले भान्सादेखि सार्वजनिक स्थल भनेर चिनिने खोलाको घाट र बाटोको प्रयोगका विषयमा पनि दलित समुदायमाथि वर्षौंदेखिको विभेद अहिले पनि जारी रहेको बताइन् ।
सुदूर पश्चिमका डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, बाजुरा लगायतका जिल्लमा जातीय भेदभाव र छुवाछूतको स्थिति अझ विकराल छ । मन्दिर, होटेल, चियापसलसम्ममा दलितहरुको प्रवेशलाई लिएर झैंझगडा र कुटपिट हुने गरेका छन् । यसको कानुनी उपचार गर्न खोज्नेहरुलाई डर, धाक–धम्की देखाई मिलापत्रका नाममा घटनालाई दबाउने गरिएका सयौं उदाहरण छन् । जातीय छुवाछूतको अन्त्य गर्न आकर्षक नाराहरु नै पर्याप्त छैनन् । त्यस्ता नाराहरुलाई मनमा आत्मसात गर्दै व्यवहारमा उतार्न हरेक जाति उदार भएर अगाडि आउनुपर्छ ।
तनहुँंको व्यास–१३ आँंपस्वारामा सञ्चालित दलित समुदायका होमस्टे यस मामिलामा सबैका लागि प्रेरणादायी हुन सक्छन् । आँंपस्वाराका १७ घरका दलित समुदाले पोखरास्थित पर्यटन कार्यालयमा दर्ता गरेर होमस्टे चलाएका छन् । सामुदायिक दलित होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर विकले भने–दुई वर्ष भयो हामीले होमस्टे सञ्चालन गरेको । छुवाछूतको विभेद हटाउन ठूलो काम गरेको छ होमस्टेले । अमेरिका, फ्रान्स, जर्मनी, जापान, अस्ट्रेलिया, इन्डोनेसिया, स्विट्जरल्यान्ड, फिनल्यान्ड लगायत मुलुकका पर्यटकले आँंपस्वाराको दलित होमस्टेको आतिथ्य लिइसकेका छन् । यस किसिमका होमस्टे छुवाछूत बढी हुने गरेका क्षेत्रमा सुविधापूर्ण तवरबाट सञ्चालन गराउन पहल हुनुपर्छ । यस्ता होमस्टेलाई स्वदेशी सबै जातिका पर्यटकले प्राथमिकताका साथ छनोट गरिदिए चार वर्ण छत्तीस जातको फूलबारी चरितार्थ हुँंदै मानवताको निधारमा लागेको छुवाछूतको कलंक मेटाउन सजिलो हुनेछ ।
                                                                                –२०७५ माघ २०

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon