Tuesday October 15, 2019 |

एशियन टेबलटेनिसको फाइनलमा नेपाल

featured-news

काठमाडौँ, ३० भदौ । इण्डोनेसियाको जकार्तामा जारी २४औँ एशियन टेबलटेनिस च्याम्पियनसिप–२०१९ मा नेपाली महिला टोली फाईनलमा प्रवेश गरेको छ ।

नेपाली टोलीका व्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टोलीले लिग कम नकआउटका आधारमा भएको पहिलो खेलमा जोर्डनलाई र दोस्रो खेलमा तुर्कमेनिस्तानलाई समान ३–० को सेटमा पराजित गर्दै फाइनलको यात्र तय गरेको हो । नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसंँग समान ३–० ले नै पराजित भएको थियो ।

यस्तै पुरुष टोलीले पनि तुर्कमेनिस्तानमाथि ३–१ को जित निकालेको छ । जसमा स्यान्टु श्रेष्ठले दुई र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसँग ३–० को सेटमा पराजित भएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon