Wednesday January 23, 2019 |

पौष कृष्ण आमावास्या

featured-news

काठमाडौँ, २१ पुस । पौष कृष्ण आमावास्याका दिन आज पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् ।

वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा आज कुनै नदी उत्तरवाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

आज विशेषगरी राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणी, रिडीलगायत नदी किनारमा यही कामनाले पितृप्रति श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्छ ।

यसै अवसरमा गोकर्णेश्वर उत्तरगयामा गङ्गा आरती शुरु भएको वर्ष दिन पुगेको अवसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । गत वर्ष पौष कृष्ण आमावास्याका दिनदेखि आरती शुरु गरिएको जनाइएको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon