Friday October 19, 2018 |

क्रिकेटर लामिछाने स्वदेश फिर्ता

featured-news

काठमाडौँ, ८ जेठ । भारतमा भएको एघाराँै संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् ।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे ।

लामिछानेले आइपिएलबाट आफूले धेरै कुरा सिकेको भन्दै त्यो कुरालाई नेपाली क्रिकेटमा लागू गर्ने बताए ।

उनले आइपिएलमा नेपाललाई चिनाउने मौका पाएको भन्दै बलिङमा थप सुधार भएकोे धारणा व्यक्त गरे ।

लामिछानेले अन्तिम तीन खेल खेल्ने मौका पाएका थिए । उनले खेलेको तीन खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै कूल ५ विकेट झारेका थिए ।
उनीलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon