Sunday November 18, 2018 |

प्रधानमन्त्री ओली–टीका

featured-news

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाएका छन् ।

टीका लगाइदिएपछि बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरूले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिए ।

प्रधानमन्त्रीले बहिनीद्वयलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon