Sunday September 15, 2019 |

झाडापखालाले ६६ बिरामी

featured-news

डडेल्धुरा, २ भदौ । परशुराम नगरपालिकामा झाडापखालाको महामारी फैलिएको छ ।

झाडापखालाबाट ६६ जना बिरामी परेका नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले बताउनुभयो । वडा नं ८ मा पर्ने जमरानी, गैरी गाउँ, गुप्टेगडाँ, सानुखोला लगायतका क्षेत्रमा शनिबारदेखि झाडापखालाको प्रकोप फैलिएको उहाँले बताउनुभयो ।

दुई जनाको जोगबुडास्थित अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको धामीले बताउनुभयो । झाडापखालाबाट बिरारी परेका अन्य ६३ जनाको वडा नं ८ को बर्थिङ्ग सेन्टरमा आपत्कालीन शिविर सञ्चालन गरेर उपचार भइरहेको स्वास्थ शाखाका फोकल पर्सन हरिप्रसाद भट्टले बताउनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको टोली पुग्यो

झाडापखालाको महामारी फैलिएपछि महामारी क्षेत्र जमरानी लगायतका गाउँमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक केसर साउद नेतृत्वको टोली पुगेको छ ।

आज महामारी क्षेत्रमा पुगी अनुसन्धान तथा नमूना सङ्कलन गरी फर्किएको जनस्वास्थ्य निरीक्षक साउदले बताउनुभयो । महामारीका कारण खानेपानीमा दिसाका जीवाणु भेटिएका र अन्य परीक्षणका लागि स्वास्थ्य निर्देशनालयमा नमूना ल्याइएको छ । उहाँका अनुसार अहिले महामारी नियन्त्रणमा आइसकेको र थप सावधानीका लागि पहल भइरहेको छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon