Monday February 18, 2019 |

पारा तेक्वान्दो टोली टर्की जाँदै

featured-news

काठमाडौँ, १८ माघ । आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ ।

पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् ।

टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुदिल शाहीले बिहीबार बिदाइ गर्नुभयो । प्रतियोगिता यही माघ २२ र २३ गते हुनेछ ।

सचेतनात्मक हाफ म्याराथन हुने

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सचेतनात्मक हाफ म्याराथन यही माघ १९ गते हुने भएको छ । म्याराथनमा करीब ४०० को सहभागिता रहने अपेक्षा गरिएको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी दिनुभयो ।

पुरुषतर्फमा प्रतिस्पर्धा हुने हाफ म्याराथनमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै चौथोले रु १० हजार, पाँचौँले रु सात हजार र छैटौँले रु पाँच हजार नगद पुरस्कार हात पार्ने छन् ।

परिषद्को २९ औँ स्थापना दिवसका अवसरमा हुन लागेको दौड तीनकुनेबाट शुरु भई पुनःसोही स्थानमा आएर टुङ्गिने गरी मार्ग निर्धारण गरिएको छ । हिंसारहित समाजको आधार, दुव्र्यसनमुक्त युवा र शाकाहार भन्ने सन्देश प्रवाह गर्न हाफ म्याराथन आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताउनुभयो । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

icon